भन्नुस् जनताले कसलाई छान्नु हुन्छ ? कसको पक्षमा हुनु हुन्छ ?
यदि रमेश खरेलको भनाई सहि हो भने हामी सबै जनताले एसएसपी खरेललाई देश भक्त व्यक्ति भनेर जनताले छान्नु पर्यो....
काठमाडौ, जेठ १३ – पदीय मर्यादा विपरित अभिव्यक्ति दिएको अभियोगमा सरुवामा परेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले सत्य कुरा खोल्दा आफू कारबाईमा परेको बताउनुभएको छ ।गृहको इशारमामा प्रहरी मुख्यालयले कारबाइ गरेपनि जनताले आफूलाई राम्रो सँग बुझिरहेको खरेलले बताउनुभयो । आफू जहिले पनि जनताको ईशारामा चल्ने र कुनै राजनितिक शक्तिको दबाबमा काम नगर्ने उनले दोर्हाए।
‘मेरो केही प्रतिक्रिया छैन, अहिले केही भन्दिन’ खरेलले भन्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी खरेललाई सोमबार प्रहरी मुख्यालयले हटाएको हो । गृह मन्त्रालयको दबाबमा उहाँलाई प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विभागमा सरुवा गरिएको छ ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा खरेलले एआईजी बढुवाका लागि डीआईजीहरु पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्रीको घरघरमा धाइरहेको भन्दै त्यस्तालाई बढुवा गर्न नहुने अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिबारे छानबिन गर्न डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भैसकेको छ ।
काठमाडौंमा डन र गुन्डा तह लगाउन अपरेसन अभियान सुरु गरेपछि केही नेता र उच्च प्रहरी अधिृकत खरेलप्रति रुष्ट थिए । गृहमन्त्री बामदेव गौतमले त आफूलाई भेट्न नआएको भन्दै सार्वजनिक कार्यक्रम मार्फत नै खरेलप्रति असन्तुष्टी जनाउनुभएको थियो ।