डिआइजी बढुवामा कस्ले ल्यायो डिस्टिङसन?
महिनादेखी रिक्त रहेको एआइजी पदमा बढुवाका लागी बढुवा सिफारिस समितिले मध्यरात ७ जना डिआइजीको नाम सिफारिस गरेको छ। नयाँ प्रहरी नियमावली अनुसार बढुवाको लागी सिफारिसमा परेकाहरुले पाएका नम्बर समेत सार्वजनिक गरिएको छ।
गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार एआइजी बन्नका लागी डिआइजी राजेन्द्रसि.ह भन्डारीले डिस्टिङसन नम्बर पाएर पहिलो नम्बरमा परेका छन्। १०० पुर्णाङकमा उनले ८१.९२ नम्बर पाएका छन्।
अन्यले भने प्रथम श्रेणीको नम्बर पाए पनि उनीहरुको नम्बर ७५ माथीनै छ। दोस्रो नम्बरमा रहेका सुरेन्द्र बहादुर शाहले ७९.७० नम्बर पाए भने तेस्रो नम्बरमा रहेका विज्ञानराज शर्माले ७९.६२ नम्बर पाएका छन्।
७७.०२ नम्बर पाएर प्रतापसिंह थापा चौथो नम्बरमा रहे। डिआइजीको वरियतामा उनी ११ नम्बरमा थिए। वीरेन्द्रबाबु श्रेष्ठ ७६.७६ नम्बरसहित पाँचौं, रमेशशेखर बज्राचार्य ७६.३१ नम्बर पाएर छैठौं अनी ७५.९४ नम्बर सहित केदारप्रसाद साउद सातौं नम्बरमा परे।
डिआइजीको वरियतामा दोस्रो नम्बरमा रहेपनि केदारप्रसाद साउद सिफारिसवाटै बाहिरिए। उनले पाएको नम्बर भने सार्वजनिक भएको छैन। सातौं नम्बरमा रहेका गणेशराज राई पनि बढुवाको सिफारिसवाटै आउट भए।
नयाँ नियमावली अनुसार सिफारिस भएको बढुवा सूची विवादरहित भने छैन। विवादीत छवीकाहरुको बाहुल्यता राम्रै रहेकाले नयाँ नियमावली आएपछि प्रहरीको बढुवा पुरै निस्पक्ष हुन्छ भनेर वकालत गर्नेहरु यो सूचीपछि मौन रहने पक्का छ।
२०७१ जेठ १४
अपराध .com भिडियो हेर्न तल क्लिक गर्नुहोस्: