दुवै हात नभएकी बडि बिल्डरको दुनियाँलाई छक्क पार्ने कर्म

एनपीसी जुनियर यूएसए बडिबिल्डिङ च्याम्पियनसिप भएको छ, जसमा हजारौं सहभागी मध्ये एक महिलाले स्ट्याण्डिङ अभिएसन पाएकी छिन् ।budy1
दुबै हात नभएकी बार्बी थोमसले कुनै उपाधि त जितिनन्, तर सबैको मन भने जितिन् । क्यारोलिनाकी ३७ वर्षीया थोमस दुई सन्तानकी आमा हुन् । उनले एक दुर्घटनामा दुबै हात गुमाएकी थिइन । तर, बडिबिल्डर बन्ने सपना पूरा गरेरै छाडिन् । उनी भन्छिन-’म सबैलाई के भन्न चाहन्छु भने तपाई जे गर्नुस्, बस दिमागमा राख्नुस् ।’
आयोजकले थोमसलाई परिचय गराएपछि उनले आफ्नो ट्रेनरलाई स्टेजमा बोलाउने अनुमति मागिन् । सुरुमा उनको प्रस्ताव अस्वीकार भयो । तर, जब उनले आफ्नो दुबै हात नभएकाले ड्रेस लगाउन सहयोग चाहन्छु भनिन् उनको प्रस्ताव स्वीकार भयो ।
उनी समान्य मानिसले गर्ने सबै काम आफै गर्न सक्ने बताउँछिन् । दाँत माझ्नेदेखि भात पकाउने, लेख्ने र ड्राइभिङ गर्नेसम्म । उनी फिटनेशसम्वन्धी पत्रिका पढ्न रुचाउँछिन् ।
budy2
उनले पहिलो पटक २००३ मा फिटनेश प्रतियोगितामा भाग लिएकी थिइन् । उनी भन्छिन्, अहिले यो काम मेरो रगतमा छ र यो विना म बस्न सक्दिन ।’
उनले दुई वर्षको हुँदा नै दुबै हात गुमाएकी थिइन् । विद्युत ट्रान्सर्फमरमा गढेका कारण करेन्ट लागेपछि उनले दुबै हात गुमाएकी थिइन् ।
डाक्टरले उनलाई बचाउन गाह्रो हुने र बाँचे शाकाहारी हुनु पर्ने बताएका थिए । उनी भन्छिन्-’तर, भगवानले मेरा लागि अलगै योजना बनाएका हरेछन् । म अहिले पनि स्वस्थ छु ।’
budy3
budy4
budy5
budy6
budy7

, , ,

news and entertainment