अमेरिकाले इराकमा ड्रोन आक्रमण गर्ने
(एनपी न्यूज डटनेट) इराक, असार १४– अमेरिकाले इराकको राजधानि बग्दादको आकासमा आफ्ना ड्रोन विमानहरु पठाएको छ ।
इराकमा खस्कदो सुरक्षका ब्ययवस्थाका बीच अमेरिकाले सुझावका लागि खटाएको आफ्ना सैनिकहरुको सुरक्षाको लागि ड्रोन पठाएको बताएको छ । परिचालन गरिएका ड्रोन मानव रहित र मानव सहित दुवै प्रकारका रहेका छन् ।
इराकमा सुम्नी अतिवादिहरुले दोस्रो ठुलो सहर मोसुल सहित विभिन्न मुख्य सहरहरुमा कव्जा जमाउदै गएपछि इराकी सरकारले विद्रोहीमाथी हवाइ आक्रमण गर्न अमेरिकासँग सहयोग मागेको थियो ।
जवाफमा अमेरिकाले आक्रमण गर्ने प्रस्ताव अस्विकार गर्दै तिन सय जनाको सैन्य सल्लाकार टोली पठाउने बताएको थियो । जसमध्ये अहिले सम्म १ सय ८० जना इराक पुगिसकेका छन् ।
