तेरिया मगर काठमाडौंमा

काठमाडौ, असार १४ - भारतीय टिभी च्यानल जी टिभीले सञ्चालन गरेको नृत्य प्रतियोगिता डान्स ईन्डिया डान्स जितेकी तेरिया मगर शनिबार काठमाडौं आइपुगेकी छन् । एयर ईन्डियाको बिमानबाट उनी साढे २ बजे काठमाडौं ओर्लिएकी हुन् । त्रिभुवन बिमानस्थलमा उपस्थित सयौं नेपाली प्रसंसकले उनको स्वागत गरेका थिए ।Teriya Magar
प्रतियोगिता जितेकी तेरियाले ५० लाख भारु र कारसमेत पुरस्कारबापत पाएकी छन् । भैरहवाकी तेरिया भोली त्यता जाँदैछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।

,

news and entertainment