विद्या चापागाईं साझा सवाल प्रस्तोता के हुदै छ पहिलो प्रसारण ??


Bidhya
काठमाडौं, असार १० - बीबीसी मिडिया एक्सनको साप्ताहिक रेडियो तथा टेलिभिजन बहस कार्यक्रम साझा सवालको नयाँ प्रस्तोतामा विद्या चापागाईं नियुक्त भएकी छन् ।
पत्रकार नारायण श्रेष्ठ अमेरिका गएपछि रिक्त प्रस्तोतामा चापागाईं नियुक्त भएको  बीबीसी मिडिया एक्सनले जनाएको छ । उनी साझा सवालमा कार्यक्रम उत्पादक भएर तीन बर्ष काम गरिसकेकी छन् ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी विद्या नर्वेको ट्रोम्सो विश्वविद्याालयमा शान्ति तथा द्वन्द्व रुपान्तरणमा स्नातकोत्तर अध्ययनरत छन् ।
साझा सवालको पहिलो महिला प्रस्तोता चापागाईंले प्रस्तुत गर्ने पहिलो कार्यक्रम आगामी आषाढ २२ गते आइतबार राति ९ बजे बीबीसी नेपाली र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । पहिलो कार्यक्रम दाइजो प्रथा र त्यसले समाजमा ल्याएको विकृतिका विषयमा रहने जनाइएको छ ।

,

news and entertainment