पेनाल्टीले ह्रदयघात हुँदा ब्राजिली समर्कको मृत्यु

बेलो होरिजोन्टे—चिलीमाथि पेनाल्टी सुटआउटमा विजय हासिल गरेको विश्वकप अन्तिम १६ को खेल हेर्ने क्रममा ब्राजिलका ६९ वर्षे एक समर्थकको ह्रदयघातका कारण मृत्यु भएको छ।
निर्धारित तथा थप गरिएको अतिरिक्त समयमा १–१ को बराबरीपछि ब्राजिलले पेनाल्टी सुटआउटमा विजय हासिल गरेको तनावपूर्ण खेल हेर्ने क्रममा ती समर्थकले असहज महशुष गरेको बताएका थिए। मधुमेहको समेत समस्या रहेका ती समर्थकलाई तत्काल अस्पताल पुर्याहइए पनि उनको मृत्यु भएको थियो।
depositphotos_3317792-Brazil-soccer.jpg
नकआउट चरणको ब्राजिल-चिलीबीचको खेलदौरान १ सय समर्थकलाई अस्पतालमा स्वास्थ्य उपचार गराउनु परेको बताइएको छ ।
- See more at: http://www.nagariknews.com

,

news and entertainment