कस्तो अचम्म ! विना ब्रा खेल खेल्नुपर्ने नियम
विम्बल्डन प्रतियोगिता एकपटक फेरि पहिरनका कारण विवादमा मुछिएको छ । पूर्व विम्बल्डन च्याम्पियन र अष्ट्रेलियाकी टेनिस खेलाडी प्याट क्यासका अनुसार यो वर्षको टुर्नामेन्टमा कुनै पनि महिला खेलाडीलाई बिना ब्रा नै खेल्नुपर्ने नियम लागु गरिएको छ ।
अल व्हाइट नियमको लागु गर्नका लागि लडिरहेकी प्याटले एक चर्चित मिडिया हाउससँगको अन्तर्वातामा भनिन्, ‘कुनै महिला खेलाडीहरुलाई खेल हुनुपूर्व ब्रा र टिसर्ट परिवर्तन गर्नका लागि निर्देशन दिइयो किनभने उनीहरुको भित्रि वस्त्र हल्का रंगीन देखिएका थिए । क्यासले भनिन्, अण्डरवेयर निलो रङका लगाएका कारण एक खेलाडीलाई रेफ्रिको अफिसमा बोलाइयो ।
खेल्ने क्रममा पसिना आउने भएका कारण उनको भित्रि वस्त्रको रङ बाहिर झल्किएको थियो । उनलाई रंगीन अण्डरवेयर नलगाउने आदेश दिइएको थियो ।
