सलमान खानले भने– ‘नेपालीसंग नजिकन पाउँदा खुशी लागेको छ’

(एनपी न्यूज डटनेट) ।  बलिउड अभिनेता सलमान खानले आफू नेपाली प्रशंसकसँग नजिकिन पाउँदा खुसी लागेको बताएका छन्। ‘नयाँ ह्‍विलको ब्रान्ड एम्बेसडर बनेका सलमानले यसको विज्ञापनमार्फत नेपाली प्रशंसकसँग नजिकिन पाउँदा खुसी लागेको बताएका हुन्।salman khan
युनिलिभरलाई ईमेल पठाउँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। युनिलिभर स्रोतका अनुसार सलमानले उल्लेख गरेका छन्, ‘ह्विल ब्रान्डसँग आबद्ध भएर आफ्ना नेपाली फ्यानसँग नजिकिने मौका पाउँदा म ज्यादै खुसी छु।’ उनले मोडलिङ गरेको विज्ञापन नेपाली सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ।
सलमान खानका ‘एक था टाइगर’ , ‘बडीगार्ड’, ‘दबंग’लगायतका पछिल्ला चलचित्र नेपालमा पनि मन पराइएका थिए। उनको नयाँ चलचित्र ‘किक’ आगामी महिना प्रदर्शन हुँदैछ।

,

news and entertainment