किन मिले वामदेव र केपी?
काठमाडौँ । नेकपा एमालेको आसन्न नवौ महाधिवेशनको बहससँगै पार्टीको एउटा पक्षले वरिष्ठ नेताद्वय केेपी ओली र वामदेव गौतमबीचको एकतामाथि अराजनीतिक टिप्पणी गरिरहेको छ। पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दामा ओली–गौतम एक ठाउँमा उभिएपछि प्रभावशाली नेताहरुवीच फूट पैदा गरेर निरन्तर पार्टी सत्ता चलाउँदै आएको सो पक्षले अव फूटबाट फाइदा उठाउन नसकिने निश्कर्षसाथ नेताहरुवीचको एकतालाई अवसरवादी र असैद्धान्तिक भन्ने गरेको छ। एमालेको नेतृत्व र विचार निर्माणमा पाँचौं महाधिवेशन यताका श्रृङ्खलाहरु हेर्दा ओली र गौतमलाई कुनै पनि वेला एकै ठाउँमा आउनै नदिने काम गरी लामो समयसम्म माधव नेपाल पार्टी प्रमुख भएका थिए।
मदन भण्डारीको हत्यापछि भण्डारीका सहयोगी रहेका ओली र गौतम दुवै एकै ठाउँमा उभिए कुनै पनि वेला आफुमाथि अप्ठेरो आइपर्ने नेपालले बुझेका थिए। त्यसैले नेपालले पार्टीको छैठौं महाधिवेशनदेखि नै ओली र गौतमलाई सधैंका लागि अलग गर्ने उपायस्वरुप ओली र गौतम दुवैलाई छुट्टा छुट्टै बोलाएर जवजको कार्यनीतिक प्रस्ताव लेख्न लगाए। ओलीले शक्ति सञ्चयको कार्यनीति र गौतमले प्रगतिशील सुधारको कार्यनीति ल्याए। दुवैलाई कार्यनीतिक प्रस्तावमा उकासेर नेपालले मिल्नै नदिने प्रयास नियन्त्रणमा नआएपछि पार्टी नै विभाजित हुन पुग्यो। जुन कुरालाई ओली र गौतमले महसुस गरिसकेका छन्। संसदीय दलको नेतामा चुनाव हुनुअघिको एक भेलामा गौतम र ओलीले आफुहरुलाई पछि नहट्न माधव नेपालले दिएको दवावको अन्तर्य प्रस्तुत नै गरेका थिए। मदन भण्डारीको निधनदेखि नै विचारमा एकै ठाउँ रहेका ओली र गौतमलाई विभाजन गरी विचारमा खास पहिचान नभएका माधव नेपालले गणितीय र ब्यक्तिगत समीकरणको खेलोफड्कोवाट पार्टीमा आफ्नो हैसियत स्थापित गरिरहे। नेपालको दुवैतिर आवश्यकता अनुसार उचाल्ने र ठीक्क पार्ने यो चरित्रलाई केहीले माधव नेपालको सन्तुलनकारी भूमिका भनि प्रसंशा गर्ने गरेका छन्।
यथार्थमा ओली र गौतमको एकता आज एकाएक निर्माण भएको होइन र त्यो कुनै अवसरबादमा आधारित पनि छैन। नत भविष्यसम्मका लागि पदको बाँडफाँड गर्न नै त्यो एकता भएको हो। ओली–गौतमको एकता राजनीतिक , वैचारिक र सैद्धान्तिक छ। एमालेको इतिहास बुभ्ा्क्नेहरुलाई यो कुरा राम्ररी थाहा छ। पार्टीभित्र जहिले पनि प्राबिधिक र गणितीय समीकरणमा खेल्न खोज्ने र नेताहरुको मतभिन्नतालार्ई अवसरको रुपमा उपयोग गर्ने एमालेका एकथरी नेताहरुले ओली– गौतमको एकतालाई आफु जस्तै ठानिरहेका छन्। फरक दिशामा उभिंदा पनि ओली र गौतम दुवै जवजको राजनीतिक लाइनवाट विचलित भएनन्। छैठौं महाधिवेशनमा जवजको कार्यनीति ल्याउँदाको कुरा होस्, वा सातौं महाधिवेशनमा नेतृत्वको लोकतान्त्रिकरणको प्रस्ताव ल्याउँदा होस् त्यसमा ओली र गौतमको सक्रियताले त्यसको पुष्टि गर्छ। अहिले जवजलाई सिद्धान्त बनाउनु पर्छ भन्नेहरु जवजको संगठनात्मक नीतिका लागि त्यो प्रयास गर्दा जवज विरोधी नै थिए।
ओली र गौतम मदन भण्डारीले जनताको बहुदलीय जनबादको सिध्दान्त र कार्यक्रमको प्रतिपादन गर्दादेखि नै भण्डारीको सहयोगी नेताका रुपमा सँगसँगै रहेका थिए। पाँचौ महाधिवेशनमा केपीले नै जबजको कार्यनीति तयार पारेका थिए र त्यसको व्याख्या मदनसँगै केपी र बामदेवले पनि जोडतोडकासाथ गरेका थिए। मदनको निधनपछि यीनै दुई जबजको विस्तारमा निष्ठापूर्वक लागिपरे। छैठौ महाधिवेशनमा यीनै दुई नेताले जबजको आलोकमा कार्यनीतिको बहस चलाए। त्यसबेला पार्टीका शक्तिशाली महासचिव रहेका माधब नेपालले यी दुई नेतालाई अलग अलग कार्यनीति लेख्न लगाएर ओली र बामदेव जोसँग पनि मिल्ने संकेत महाधिवेशनको सुरुका दिनहरुमा दिन खोजेको एक एमाले नेता सम्झन्छन्। जेहोस् त्यसबेला केपी र वामदेवकाबीचमा कार्यनीतिका बारेमा जोड र कोण नमिले पनि जबजको विकासका निमित्त यीनै दुई नेताले आ–आफ्नै ढंगले पहलकदमी लिदै आएको वास्तविकता हो।
सातौ महाधिवेशनमा पनि केपी र वामदेव सँगै थिए। पार्टीको आन्तरिक लोकतान्त्रिकरणको प्रस्ताव सातौ महाधिवेशनमा केपीले लगेका थिए , जसमा बामदेवको साथ सहयोग थियो। तर , बामदेव र केपी एक ठाँउमा उभिएकाले माधबले त्यो प्रस्तावलाई असफल बनाउन लगाए। आठौ महाधिवेशनमा आखिर त्यै प्रस्ताव पारित भयो।
यहाँ छैठौ महाधिवेशनको एउटा रोचक सन्दर्भ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ। त्यसबेला महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज सम्बन्धी छलफल हात्तिवन रिसोर्र्टमा चल्दै थियो, खासगरी तत्कालिन बामदेव पक्षको बाहेकका नेताहरुबीच। छलफलका क्रममा जबजलाई सिद्धान्तको रुपमा अघि बढाउने गरी प्रस्ताव आयो। तर महासचिव रहेका माधव नेपालले प्रस्ताव ल्याउने नेतालाई उल्टै अहिले सिद्धान्त बनाउने बेला भईसकेको छैन भन्दै त्यसबारेको बहस नै रोकेका थिए।
त्यसपछि अर्को कुनै दिन थापाथलीको एक शुभेच्छुकको घरमा दस्तावेजमाथि छलफल चलिरहँदा गोप्ाीरमण उपाध्यायमार्फत उपलब्ध वामदेव गौतमले तयार पारेको छुट्टै दस्तावेजको मस्यौदा बिष्णु पौडेलले देखाए। त्यसपछि त माधबले लौ अब बित्यो हामीले पनि जबजलाई सिद्धान्त मानेर जानुपर्छ भनी भनेको एक नेताले रातो सूर्यलाई बताए। यसको अर्थ के हो भने बामदेव उहिल्यैदेखि जबजको विकासमा निष्ठापूर्वक लागिपरेका हुन्। केपी त पाँचौमा जबजको कार्यनीतिको मस्यौदाकार नै थिए। यसरी केपी र बामदेवको एकता कुनै अवसरका लागि नभई सिद्धान्त , विचार र राजनीतिका कारण भएको हो। माधव नेपालले १५ वर्षसम्म अपनाएको फर्मूलाले काम नगरेपछि सो समुह ओली र गौतम एकतालाई पचाउन नसकेर असैद्धान्तिक एकता भन्दै आएको हो।