गणतन्त्र आउनुमा ज्ञानेन्द्रको पनि भूमिका: बाबुराम भट्टराई
२ असार, काठमाडौं ।
एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले गणतन्त्र आउनुमा तत्कालिन राजा ज्ञानेन्द्रको पनि भूमिका रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । पत्रकार प्रशान्त झाद्धारा लिखित पुस्तकको सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले गणतन्त्र ल्याउनुमा पूर्वराजाको पनि भूमिका रहेको भन्दै धन्यवाद दिए ।
सो क्रममा भट्टराईले भारतले गुप्तचर निकायमार्फत् नभई राजनीतिक तहबाट प्रत्यक्ष रुपमा सम्वन्ध निर्माण गर्नुपर्ने बताए । भट्टराईले दरवारिया देखि हरेक जसो पार्टीका नेताले व्यक्तिगत स्वार्थका लागि भारतसंग नजिक हुन चाहेको टिप्पणी समेत गरेका थिए । कार्यक्रममा कंग्रेसका युवा नेता गगन थापा, राजनीतिक विश्लेषक सीके लाल लगायतले धारणा राखेका थिए ।