यौनजन्य आक्रमण गरेको भन्दै प्रीति जिन्टाले पूर्व प्रेमीलाई मुद्धा हालिन्

३१ जेठ, एजेन्सी ।
बलिउड अभिनेत्री एवं पञ्जाव किंग्स एलेभेनकी मालिक्नी प्रीति जिन्टाले आफ्ना पूर्व प्रेमी एवं टिमका सहायक लगानीकर्ता ब्यवसायी नेस वादियाविरुद्ध यौनजन्य आक्रमणको आरोपमा मुद्धा दायर गरेकी छिन् ।
मुम्बइको वान्खाडे रंगशालाभित्र वादियाले आफूलाई यौनिक आक्रमण गरेको र धम्की दिएको आरोप प्रीतिले लगाएकी छिन् ।
zinta-wadia 2
३९ वर्षीया प्रीतिले आफूलाई ४४ वर्षका वादियाले मे ३० मा वान्खाडे रंगशालाभित्र यौन दुर्यव्यवहार गरेको आरोप लगाएकी हुन् ।
मे ३० मा प्रीतिको टिम पञ्जाव र चेन्नाइ सुपर किङ्ग्सबीच खेल भएको थियो ।
zinta-wadia
प्रीतिले वादियाविरुद्ध आक्रमण र महिलामाथि आपराधिक वल प्रयोग गरेको अभियोगमा शुक्रबार पुलिसमा एफआर आइ दायर गरेकी छिन् ।

zinta-wadia 1
प्रीति जिन्टा र वादियाको प्रेम सम्बन्ध केही समय अघि अन्त्य भएको थियो

, , , ,

news and entertainment