दिसा गराउदा सुन नै निस्केपछि..

काठमाडौँ, ३१ जेठ, तीन जना भारतीय नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङको क्रममा दिसा गराउँदा सुन नै दिसा गरेका छन् । प्रहरीले इन्डियन एयरबाट आएका ३ जना भारतीय नागरिकको पेटको एक्सरे गराउँदा काला धब्बा देखिएपछि दिसा गर्न लगाएको थियो ।

इन्डियन एयरबाट आएका भारत उल्लासनगरका भरत जर गुडास बजाज, महाराष्ट्रका पिताम्बर डोडेजा र गिरिस श्रीचन्दको दिसामा २र२ ओटा क्याप्सुल भएको र त्यसको तौल जम्मा १ किलो ६ सय ग्राम भएको प्रहरी श्रोतले जनाएको छ । सुन तस्करीमा संलग्न उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

news and entertainment