महिलाको यौन सन्तुष्ट एस्तो हिँडाइबाटै पत्ता लाग्छ!!!
अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।