सात डिआइजीलाई साँढे सातको दशा !
काठमाडौ- एकै समय प्रहरी सेवामा प्रवेश गरेका उपेन्द्रकान्त अर्याल आइजीपी बनीसक्दा उनकै व्याजका राजेन्द्रसिंह भन्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर सिंह, विज्ञानराज शर्मा, रमेशशेखर बज्राचार्य, गणेश राई, यादव अधिकारी लगायतकाहरु उनीभन्दा २ तह तल डिआइजीमा अड्किएको ७ महिना कट्न लाग्यो ।
अहिलेकै नियम कायम हुने हो भने उनीहरुले ४ महिनाभित्र बढुवा पाए एआइजीका रुपमा अर्यालसँगै ३ वर्षपछि अवकास पाउने छन् । बढुवा नपाए ४ महिनामा । उनीहरुका लागी एआइजी बन्ने बाटो अझै अवरोध विहिन भने छैन ।
अहिलेकै नियम कायम हुने हो भने उनीहरुले ४ महिनाभित्र बढुवा पाए एआइजीका रुपमा अर्यालसँगै ३ वर्षपछि अवकास पाउने छन् । बढुवा नपाए ४ महिनामा । उनीहरुका लागी एआइजी बन्ने बाटो अझै अवरोध विहिन भने छैन ।
आइजीपी नियुक्ती लगत्तै एआइजी नियुक्तीको प्रयास नभएको हैन । तर, तत्कालीन सरकार प्रमुख खिलराज रेग्मीलाई संविधान सभाको निर्वाचनवाट पहिलो र दोस्रो दलको हैसियतमा आएका कांग्रेस र एमालेका केही नेताले प्रहरी नियमावलीसँगै बढुवा प्रकृया समेत अगाडि नबढाउन चेतावनी दिएपछि उनी डराए । प्रधानन्यायधिषको रुपमा सरकार प्रमुख बन्ने चिट्ठा पाएका उनले अवकास पाउँदा पाउँदै सत्तामा फर्कन लागेका कांग्रेस र एमालेसँग निहु खोज्न चाहेनन् । भटाभट उनले नेपाली सेनाको बढुवा प्रकृया अगाडि बढाउँदा प्रहरीको वास्तै गरेनन् । जसको परिणाम प्रहरी संगठनले भोग्नुपर्यो । एआइजी बन्ने सूचीमा रहेकाहरुको पहिलो ग्रहदशा यही रेग्मीको कमजोर बनोबल बन्यो ।
समस्या जस्ताको तस्तै राखेर उनी सत्ताबाट बाहिरिए । सुशिल कोइरालाको नेतृत्वमा सरकार बने पनि सत्ताको सहयोगी दल एमालेबाट सरकारमा आउने गृहमन्त्रीबारे विवाद शुरु भयो । बामदेव गौतमको नाममा कोइरालाले असहमती जनाउँदा गृहमन्त्रालयको नेतृत्व एक महिना ढिला भयो । यो एआइजी बन्ने लाइनमा रहेका डिआइजीहरुका लागी दोस्रो दशा भयो ।
कोइराला झुके । गृहमन्त्री गौतमनै नियुक्त भए । तेस्रो पटक गृहमन्त्री बनेका उनलाई मन्त्रालयमा गर्ने चलखेल कसैले सिकाउने आवश्यकता थिएन । बढुवा प्रकृया अगाडि बढाउनुको साटो उनी मन्त्रीपरिषद्मा पुगेको प्रहरी नियमावली फर्काएर आफु अनुकुल संशोधनको खेलमा लागे । यो तेस्रो दशा बन्यो ।
यो खेलमा उनले चाहे अनुसार त भएन । एसएसपीसँगै डिआइजी बढुवाको अधिकार गृहमन्त्रीमा ल्याएर उनले नियमावली पास गरे । जसमा एआएजीमा नियुक्तीमा लागी समितिको व्यवस्था भयो । जसमा गृह सचिव प्रमुख , प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजीपी अर्याल सदस्य सचिव भए ।
आइजीपी अर्याल नियुक्ती पाएदेखीनै सहयोगी एआइजी ल्याउने रणनीतिमा रहे पनि उनको रणनीति सफल हुन सकेन । प्रहरी सम्बन्धी नयाँ नियमावली पास भएसँगै बनेको समिति अनुसार एआइजी नियुक्तीको प्रकृया अगाडि बढ्ने आशा पनि निरास बन्यो जव नियमावलीमा तालिम सम्बन्धी व्यवस्था विवादमा तानियो र नियमावली संशोधन गर्नुपर्ने भयो । यौ चौथो ग्रहदशा बन्यो ।
नियमावलीको पहिलो संशोधनमा फेरी गृहमन्त्रीले खेल खेल्दै पहिला अफु असफल भएको एआइजी बढुवा समिति हटाउने खेल खेले र फेरी असफल भए । संशोधन आएपछि सिफारिस समितिले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले नियुक्त गर्ने २ स्टेप बाकी राखेर समितिले रिक्त ७ पदका लागी पहिलो, दोस्रो र तेस्रो अपेक्षा अनुसार राजेन्द्रसिंह भन्डारी, सुरेन्द्रबहादुर शाह र विज्ञानराज शर्माको नाम चयन गर्यो ।
चौथो नम्बरमा ११ औं नम्बरमा रहेको प्रतापसिंहक थापाले हाइजम्प हाने । ५ औंमा ८ औं मा रहेका बीरेन्द्रबाबु श्रेष्ठले सर्ट जम्प हाने । त्यसपछि उही रमेशशेखर बज्राचार्य र केदार साउद छानिए । छुटेकाहरु मौन के बस्थे र । उनीहरुले साम, दाम, दण्ड, भेद सबै प्रयो गरेर आफु अनुकुलको क्याम्पेन शुरु गरे
छुटेका नारायण बस्ताकोटी , गणेश राई, यादव अधिकारी, पर्शुराम खत्री, विश्वराजसिंह शाही लगायतका ६ जना पुनरावलोकन समिति पुगे । यो भयो सिफारिसमा परेकाहरुको पाँचौं दशा ।
असोज २१ गतेसम्म बढुवा नभए डिआइजीको ५ वर्षिय पदावधीको आधारमा एआइजीको सिफारिसमा परेका वा छुटेका दुबैले अवकास पाउने निश्चित थियो । यो विचमा बढुवा सिफारिस समितिको सिफारिस विरुद्ध पुनरावलोकन समितिमा गएकामध्ये पर्शुराम खत्री पुनरावेदन अदालत पाटन समेत पुगेछन् रिट बोकेर ।
उनको रिटमा बोल्दै पुनरावेदनले बढुवा प्रकृया रोक्न आदेश दियो । जेठ तेस्रो साता यो आदेश आउँदा अवकासको समय ४ महिना बाँकी भयो । यो भयो सिफारिसमा परेकाहरुका लागी छैठौं दशा ।
अहिले अदालत र पुनरावलोकन समिति दुबैतिर सिफारिस समितिको सिफारिसको पुनरावलोकन भइरहेको छ । न सिफारिमा परेकाहरु सबै निस्पक्ष रुपमा सिफारिसमा परेका छन् न छुटेकामध्ये जसको पक्षमा जर्वजस्ती माहोल बनाउने प्रयास भएको छ ती त्यो पदका लागी योग्य हुन् । जो छुट्न नहुने हो तीनले छुटेकोमा सहानूभुती समेत पाएका छन् । जो सिफारिसमा पर्न अयोग्य हुन् न उनीहरुले बधाई पाउनेक्रमनै रोकिएको छ ।
यदी यो ४ महिनाभित्रमा नटुंगिए सिफारिसमा परेका नपरेका दुबै घरजानर छन अबकास पाएर । यसो भए जो एआइजिको पदमा बस्न योग्य छन् उनीहरुका लागी यो साँढे सातको दशा सावित हुने निश्चित छ ।

