पौडेलललाई उपप्रधानमन्त्री बनाउने योजना स्थगित


प्रधानमन्त्री सुशील कोइराला दुई साताभित्रै अमेरिकामा उपचार गराएर फर्किने भएपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाएर कार्यबाहक दिने तयारी तत्कालका लागि स्थगित भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
 
चिकित्सकले जिब्रोको क्यान्सरको फलोअप तथा फोक्सोमा देखिएको दागको उपचार अमेरिकामा गराउन सझाव दिएपछि कोइरालाले पौडेललाई कार्यबाहक प्रधानमन्त्री दिने गरी उपप्रधानमन्त्री बनाउने तयारी गरेका थिए। सबै परीक्षण रिपोर्ट आउन र उपचार गराउन कम्तीमा एक महिना लाग्ने चिकित्सकहरुको अनुमान रहेको छ ।
 
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक करवीरनाथ योगी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गर्दा प्रधानमन्त्रीको फोक्सोमा दाग देखिएको थियो ।
 
एक महिनासम्म आफू देशमा नहुँदा मर्यादाक्रममा दोस्रो नम्बरका उपप्रधानमन्त्री वामदेव गौतमलाई कार्यवाहक प्रधानमन्त्री नदिने मनस्थितिमा कोइराला थिए । तर, तीन महिनापछि फेरि अमेरिका जानुपर्ने भएकाले उनले तत्कालका लागि लामो उपचार नगराउने निर्णय गरी पौडेललाई उपप्रधानमन्त्री बनाउने योजना स्थगित गरेको स्रोतले बताएको छ ।

,

news and entertainment