डेनमार्कबाट डेड लाखसम्म दिन आए नेपाली यो भालेलाई
१२ वर्ष देखि व्यावसायिक रुपमा कुखुरा पालन गर्दै आएका कास्की लेखनाथका डाक्टर राजेन्द्र अधिकारीले पालेको एउटै कुखुराको मूल्य डेढ लाख रुपैयाँ छ।
विगत लामो समय स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा काम गरे पनि पछिल्लो समय कुखुरा पालनमा लागेका अधिकारीले पालेका विभिन्न जातका कुखुराको रेखरेख गर्ने कुखुराको भाले नै रहेको छ।
१० बर्षको ठुटे भालले हाँस र टर्की सहितका २५ जातका पंक्षिहरुको रेखदेख गर्ने र साना चल्लाहरुलाई खान सिकाउने काम ठटे भालेले गर्ने अधिकारीले बताए । उनले भने, “पहिला यो भाले डन थियो , पछि तालिम दिए सवै कुखुराको रेखदेख गर्न थालेको छ ।” बाहिरि क्षेत्रबाट कुनै कुखुरालाई आकमर्ण गर्न लागे तथा कुखुरा विरामी भएर लडेमा ठुटे भालेले जानकारी दिने गरेको अधिकारीले बताए।
अधिकारीले साना चल्लालाई उस्कै भाषामा खान सिकाउने गरेको बताए । दुई वर्ष सम्म तालिम दिए पछि कुखुरालाई पनि त्यस्तो बताउन सकिएको उनले बताए।
ठुटे भालेलाई किन्नको लागि डेनमार्कबाट डेड लाखसम्म दिन आए पनि आफूले नदिएको उनले बताए। कुखुराको खोरमा असुरक्षीत महसुस भयो भने पनि भाले कराउन थाल्ने उनले बताए ।
आफ्नो फार्ममा आउने धेरै जसोले भालेको मूल्य सोध्ने गरेको बताए । सुरक्षा गार्डको रुपमा रहेको भालेको दैनिक खर्च एक सय रुपैया बराबरको आहारा खाने गरेको अधिकारीको बताए। उनले त्यस्तै भाले अन्य पनि उत्पादन गर्ने प्यासमा लागेको बताए।
