नेयमारको ढाँडको हड्डी भाँचियो, विश्वकप फुटबलका बाँकी खेल गुमाउने


ब्राजिलका स्ट्राइकर नेयमारको ढाडको एउटा हड्डी भाँचिएको छ। शनिबार बिहानको खेलमा ८७ औं मिनेटमा कोलम्बियाका क्विन्टेरोले फल गरेपछि उनी मैदानमै लडेका थिए । ढाडको हड्डी भाँचिएपछि उनलाई खेल मैदानबाट सीधै अस्पताल पुर्‍याइएको छ। नेयमारले अब विश्वकपका बाँकी खेल गुमाउनेछन् ।
डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी फुटेपनि त्यो त्यति गम्भीर भने नभएको बताएका छन् । उनले तत्काल अप्रेशन गर्नु नपर्ने तर नेयमार केही हप्ता मैदानमा उत्रिन भने नसक्ने बताए ।
ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेइमारको अनुपस्थितिले ब्राजिललाई विश्वकपमा कमजोर बनाउन सक्ने आंकलन गरिएको छ।
जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले बाँकी खेल खेल्न नसक्ने भएपछि ब्राजिलियन टिममा चिन्ता थपिएको छ । उनी गोली गाँठोको चोटबाट पनि पीडित थिए ।
नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई पास उपलब्ध गराएका थिए र यो खेल ब्राजिलले २–१ ले जितेको थियो।

,

news and entertainment