सेमीफाइनलमा जर्मनी र ब्राजिलको भिडन्त

सेमीफाइनलमा जर्मनी र ब्राजिलको भिडन्त
रियो दी जेनेरियो (एजेन्सी)-कोलम्बियालाई २-१ ले हराउँदै आयोजक ब्राजिल विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा ब्राजिलले जर्मनीको सामना गर्नेछ । फ्रान्सलाई १-० गोल अन्तरले हराउदै जर्मनी सेमीफाइनल पुगेको हो ।
ब्राजिलले खेलको ७ औं मिनेटमा कप्तान थिएगो सिल्भाको गोलबाट अग्रता लिएको थियो । सुरुवाती मिनेदेखि नै कोलम्बियामाथि हाबी बनेको ब्राजिलले दोस्रो गोलको लागि ६९ औं मिनेटसम्म कुर्नुपर्‍यो । डेभिड लुइजले फ्रि किकमार्फत आकर्षक गोल गर्दै ब्राजिलको जित निश्चित गरेका थिए ।
खेलको ७८ औं मिनेटमा ब्राजिली गोलकिपर जुलियो सिजरले कोलम्बियाका स्ट्राइकर जेम्स रोड्रिग्वेजलाई फल गरेपछि पाएको पेनाल्टीमा कोलम्बियाले सान्त्वना गोल गरेको हो । कोलम्बियाको लागि पेनाल्टीमा गोल गर्दै रोड्रिग्वेजले जारी विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ६ बनाए ।
\

, ,

news and entertainment