खनालको आग्रहमा अन्तिम समयमा रोकियो नेपाल समूहको प्यानल घोषणा


एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्यानल घोषणा अन्तिममा आएर रोकिएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार नेपाल समूहको प्यानल घोषणा गर्ने कार्यक्रम थियो । तर, अध्यक्ष झलनाथ खनालको आग्रहमा नेपाल समूहको प्यानल घोषणा हुन नसकेको हो।
अध्यक्षका प्रत्यासी नेपालले अध्यक्षले समय मागेकाले आज गर्ने भनिएको प्यानल घोषणा रोकिएको बताए।
नेपाल समूहको भेलामा कृष्णगोपाल श्रेष्ठको पनि उपस्थिति थियो। यस अघि ओली समूहमा रहेका श्रेष्ठ संविधानसभा उपनिर्वाचनअघि नेपाल समूहमा लागेका थिए।
नेपाल समूहले महासचिवको उम्मेवारमा झलनाथका साढुभाई सुरेन्द्र पाण्डेलाई अघि सारेको छ।
यस्तै उपाध्यक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र लालबाबु पण्डितको नाम छानेको छ।
यस्तै घनश्याम भूसाललाई उपाध्यक्ष बनाउने र उपमहासचिवमा गोकर्ण विष्ट र रघुजी पन्तलाई उभ्याउने भएको स्रोतले बताएको छ।

,

news and entertainment