सभासद्हरुका प्रश्नहरुले उपप्रधानमन्त्री गौतम आलसतालस

सभासदहरुले सोधेका पूरक प्रश्नको जवाफ दिन कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई संसदमा आलसतालस परेको छ। सभासदहरुले सरकारको तर्फबाट आएको जवाफमा सन्तुष्ट नभई पुरक प्रश्न सोधेपछि उनलाई कठिन भएको थियो। 
 
'यति धेरै प्रश्नहरु सभासदहरुले सोधेको बेला समय पनि नहुने र नदिँदा पनि नहुने अवस्था छ। यी प्रश्नहरु महत्वपूण छन्। मैले सबै सभासदहरुले सोधेको प्रश्नलाई महत्वकासाथ लिएको छु,' उनले भने।
 
उनले सहकारीलाई अन्य विधाका संरक्षकको रुपमा राखेको उल्लेख गर्दै संघात्मक संरचनामा पुगेपछि मात्र कार्यालय स्थापना गर्न सकिने बताए। उनले भने, 'पशु विमा लागु हुन सकिरहेका छैनन्।'
 
उनले गरिवी पहिचानका लागि परिचयपत्र २५ जिल्लामा लागू गर्दै सबै जिल्लामा लागू हुने बताए।  
 
उनले  जनस्वास्थ्यका सम्बन्धमा पनि सरकार सचेत भएको भन्दै भौतिक पूर्वाधार निर्माणमा रेलवे चाँडै बन्ने छ मात्र भनेका थिए। 
 
उनले भूमिसुधार सम्बन्धी बैठक भूमिसुधारका कार्यक्रम सबैसँग छलफल गरेर मात्रै सम्भव भएको बताए।
 
उनले उर्जा सरकारको उच्च प्राथमिकता भएको हुँदा सरकारले कार्यक्रममा जोड दिएको बताए। भएका परियोजनालाई पूर्ण क्षमता विकास गर्ने तर्फका साथ वैकल्पिक ऊर्जा र सौर्य ऊर्जामा जोड दिएको बताए। 
 
सभासदहरुको प्रश्नको जवाफको प्रतिउत्तर संसदमा उपस्थित सचिवहरुले जवाफ लेखेर दिएपनि उनलाई पढ्न अलमल भएको थियो।
 
नेपालको प्राविधिक क्षेत्रमाा कति जनशक्ति चाहिन्छ त्यो मैले हिसाब गरी आइन र हिसाब दिन सक्दिन भने पछि सभा हाँसोले भरिएको थियो। 
 
कृषिको व्यवसायीकरणमा यान्त्रीकरण हुने बताए।
 
उनले सामाजिक सुरक्षा भत्ताको व्यवस्था बृद्धि गर्नुपर्छ भन्ने मैले पनि बजेट बक्तव्यमार्फत सम्बोधन हुँदा आउला भन्ने आशा गरेको छु भनेपछि अर्थमन्त्री महत, एमाओवादी अध्यक्ष प्रचण्ड र बाबुराम पनि पेट मिचिमिची हाँसेका थिए।
 
उनले अरुण तेस्रो पहिल्यै आइसकेको बताए। उनले भने, 'बाली विमा पहिले नै लागू छ तर किसानले त्यता ध्यान नदिएकोले आएको होला। सबैमा यो लागू हुने छ।' http://setopati.com/

news and entertainment