नेयमारका बुबालाई टिकट कालोबजारीको आरोप

रियो दि जेनेरियो, एजेन्सी । ब्राजिलियन टिमका स्टार स्ट्रईकर नेयमारका बुबामाथि विश्वकपको टिकट कालोबजारीको आरोप लगेको छ । ब्राजिलको एक समाचारपत्रमा छापिएको समाचारको हवाला दिँदै neymar-fatherअन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाए अनुसार नेयमारका बुबा अल्जेरियन कारोबारी ममादू लेमाइन फोफनाको गिरोहसँग सम्पर्कमा रहेको खुलासा भएको हो । फोफनाले फिफा विश्वकपको ब्राजिल संस्करणमा तीन लाख युरो बराबरको टिकट किनेर उच्च दाममा बेचिरहेको आशंका छ । पुलिसको अनुसन्धानमा नेयमारका बुबासँगै ब्राजिलकै पूर्वस्ट्राईकर रोनाल्डिन्होका भाइ पनि सो गिरोहसँग संलग्न रहेको खुलेको छ । यद्यपी नेयमारका बुबाको कम्पनीले फोफना नेटवर्कसँग आफ्नो कुनै लिनुदिनु नभएको प्रष्टिकरण दिइसकेको छ । - See more at: http://www.nepalikonews.com/

,

news and entertainment