हेलिकप्टर आकासबाटै फर्किएपछि पीडितको रुवाबासी

दाङमा बाढीका कारण घरवार र परिवार गुमाएका बाढीपिडितहरुले स्थानीय प्रशासनले राहतमा ढिलाई गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । प्राकृतिक विपत्तीमा परेकाहरुलाई प्रशासनले समन्वयकारी भुमिका निर्वाह नगरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई तत्काल फिर्ता बोलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । रिर्पोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले बाढी प्रकोप क्षेत्र बबई नदीको नजिक आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पिडित परिवारहरुले आफूहरुले पटक– पटक स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा समेत राज्यबाट अहिले सम्म कुनै सहयोग र आश्वासन नपाएको गुनासो गरेका छन् ।Helicopter nepal army
बाढीका कारण सबै घरवार गुमाएका स्थानीय देवीराम कुसारीले प्रशासनले कुनै भुमिका सो क्षेत्रमा नपुर्याएको भन्दै आक्रोस व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै पिडित एवं स्थानीय बाढीपिडित समाज फूलवारीका संयोजक विनोद पाण्डेले राज्यले नागरिकलाई गर्नु पर्ने व्यवहार समेत नगरेको भन्दै आपतकालिन अवस्थामा प्रमुख जिल्ला अधिकारीले खेल्नु पर्ने भुमिका केही नदेखिएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेपाली कांग्रेसका नेता एवं सभाषद डिल्ली वहादुर चौधरीले आपतकालिन अवस्थामा प्रमुख जिल्ला अधिकारीले समन्वय नगर्दा पिडितहरु कष्टकर जिवन बिताउन बाध्य भएको बताए । उनले प्रमुख जिल्ला अधिकारीले अहिलेसम्म पनि बाढीपिडित क्षेत्रमा नपुगेको भन्दै प्रकोप क्षेत्रमा महामारी फैलन सक्ने संकेतहरु देखिन लागेको बताए । सभासद चौधरीले जनताको काम गर्न नसक्ने प्रशासकलाई जिल्लामा बसी रहने अधिकार नभएको भन्दै सरकारले फिर्ता बोलाउन सक्ने पनि बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै ने.क.पा. एमालेका नेता हिराचन्द्र के.सी.ले दाङ बाढीपीडितहरुको सहयोगका लागि केन्द्र संग समन्वय भईरहेको भन्दै संसदमा एमाले दाङका सभासदहरुले दाङ बाढीपिडितहरुको समस्या प्रति सरकारको ढिलासुस्तीका बारेमा कडारुपमा आवाज उठाउने बताए । उनले राज्यले घोषणा गरेको राहतको प्याकेज समेत समय सान्दर्भिक नभएको भन्दै तत्काल क्षतिपूर्तिको राशि बढाउन माग गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले प्रकोपमा परेकाहरुलाई तत्कालका लागि केही राहत प्रदान गर्न आफूहरु विभिन्न क्षेत्रमा पुगि राहत वितरण प्रक्रिया थालेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले आफूहरु बाढीपिडितहरुको अवस्था देखेर निकै चिन्तित भएको भन्दै तत्काल राज्यले उनीहरुको पिडामा मलम लगाउनु पर्ने बताए । त्यस्तै पत्रकार महासंघ केन्द्रिय अजय दीप शर्माले पत्रकारहरुले पनि राहत संकलनको अभियान थालेको भन्दै केन्द्रमा पनि समन्वय गरिरहेको बताए । त्यस्तै कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका सभापति शुसिल बस्नेतले बाढीपिडित क्षेत्रमा विस्थापित परिवारहरुको अवस्था चिन्ताजनक भएको भन्दै तत्काल राज्यको उपस्थिती देखाउन आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सुदिप गौतम, नेपाली कांग्रेसका नेता केशव आचार्य , क्षेत्र नं. ४ का सभापति जगत वहादुर खड्का, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक तेज वहादुर कार्की , गणतन्त्र राष्ट्रिय दैनिकका सम्पादक सविन प्रियासन , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चक्रराज जोशी लगायतले बोलेका थिए ।
गृहमन्त्री नआएको भन्दै आक्रोस
गृहमन्त्री वामदेव गौतम आईतवार जिल्ला सदरमुकाममा केही मिनेट मात्रै अवतरण गरी फर्केको भन्दै फूलवारी ,गोल्टाकुरी र मोतिपुरका बाढीपिडित र विस्थापितहरुले आक्रोस व्यक्त गरेका छन् । स्थानिय वासीले प्राकृतिक प्रकोपमा परेको बेला पनि गृह मन्त्रालयले दाङमा राहतको प्याकेज सार्वजनिक नगरेको भन्दै आपत्ती जनाएका छन् । उनीहरुले गृह मन्त्रीको हेलिकप्टर आकासमा देखेको तर उनी आफ्ना पिरमर्का बुझ्न नआई फर्केको भन्दै स्थलगत अनुगमन र रिपोटिङमा पुगेका पत्रकारहरुसंग पिडित र विस्थापितहरुले रुदै भने ।
nepaliheadlines.com

,

news and entertainment