प्रचण्डको प्रभावः २४ जिल्लालाई विपद् क्षेत्र घोषणा गरिने
प्रमुख प्रतिपक्षी दल एमाओवादीले संसदमा चर्को विरोध गरेपछि सरकारले २४ जिल्लालाई विपद्ग्रस्त जिल्ला घोषणा गरेको छ । सोमबार संसदमा बोल्दै एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राष्ट्रिय विपद घोषणा नगरेसम्म संसदीय कारवाही अघि बढ्न नसक्ने चेतावनी दिएपछि सरकार २४ जिल्लामा राष्ट्रिय विपद् घोषणा गर्न तयार भएको हो ।
एमाओवादीको माग अनुसार विपद्सँग जुँध्न प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनाउने सहमति समेत भएको छ ।
सभाषद आफ्नो जिल्लामा जान पाउने र विपद ब्यवस्थापनमा लाग्न पाउनु पर्ने भन्दै एमाओवादीले संसद स्थगित गर्न माग गरेको थियो । सोही अनुरुप १ साता सम्मका लागि संसद स्थगित भएको जानकारी सभामुख सुभाव नेम्बाङले जानकारी दिएका छन् ।
सोमबार संसदमा बोल्दै प्रचण्डले देशभरी विपदको अवस्था सृजना हुँदा सरकार सुस्त मनस्थिति जस्तै सुतेर बसेको भन्दै चर्को आलोचना गरेका थिए ।
