एनपी न्युज डटनेट, काठमाडौँ, ६ भदौ । सरकारले तोकेको मापदण्डको प्रभाव ट्रिपर व्यवसायमा पनि परेको उल्लेख गर्दै ट्रिपर व्यवसायी सङ्घअन्तर्गत विभिन्न ट्रिफर व्यवसायीले रिङरोड घेराउ गर्दा राजधानीको सवारी आगमन अस्तव्यस्त भएको छ ।
सरकारले गिटी बालुवा झिक्न नदिएको भन्दै आन्दोलन गर्दै आएका व्यवसायिले शुक्रबार राजधानीको रिङरोडको २७ किलोमिटरमा अवरोध पुर्याउँदा दिनभर जसो राजधानीको सवारी आगमन अस्तव्यस्त बन्यो ।
राजधानीको कंलकीबाट बिहान ६ बजे सुरु भएको ट्रिपर व्यवसायिको आन्दोलन साँझ ६ बजे कलंकीमै आएर समापन भएको हो ।
यसैगरी बाहिरि जिल्लाबाट आन्दोलनका लागि काठमाडौँ जान लागेका ट्रिपरलाई स्थानीय प्रशासनले रोक लगाएपछि अरनिको राजमार्गको बनेपा–काठमाडौँ सडकखण्ड समेत शुक्रबार दिनभर अवरुद्ध बन्यो ।
काभ्रेपलाञ्चोक, सिन्धुली र सिन्धुपाल्चोकका झन्डै २५० ट्रिपरलाई काठमाडौँ आउन नदिएपछि दुई घण्टादेखि राजमार्गमा तेर्साएर सडक अवरुद्ध गरिएको थियो ।
सडकमा दुई घन्टासम्म ट्रिफर तेस्याएपछि अरनिको राजमार्ग हुँदै काठमाडौँ भित्रने र बाहिरने सवारी साधन दिनभर जसो अलपत्र परे ।
दिनभर प्राय सवारीका साधन सञ्चालन हुन नसक्दा यात्रुहरू मर्कामा परेका छन् ।
काभ्रेको जिल्ला प्रशासनले राजधानी आउदै गरेका ट्रिपरलाई रोक्ने आदेश दिएकाले रोकेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले बताए ।
क्रसर व्यवसाय बन्द भएकाले निर्माण सामग्रीको अभाव भएको र व्यवसायी बेरोजगार भएको भन्दै व्यवसायीले दसैँ केन्द्रित आन्दोलन गर्ने चेतावनी स्वरुप शुक्रबार राजधानीमका विशाल आन्दोलन गर्ने योजना अनुरुप बिहिरी जिल्लाबाट समेत ट्रिफर राजधानी झिएका थिए ।
काभ्रेमा मात्र झन्डै दुई दर्जन क्रसर उद्योग सञ्चालनमा रहेको तथ्याङ्क छ ।
ट्रिपर व्यवसायिको आन्दोलनका कारण काठमाडौँको यातायात अस्तव्यस्त
news and entertainment
