संविधानको मस्यौदा असोजमै आउँछ : सभासद् अधिकारी

६ भदौ । चितवन क्षेत्र नम्बर–२ का सभासद् शेषनाथ अधिकारीले  असोज मसान्तभित्रमा संविधानको मस्यौदा आउने संभावना बलियो  बनेको बताएका छन् । मुख्य विवादित विषयहरुमा राजनीतिक दलहरु सहमति नजिक पुग्न थालेको भन्दै अधिकारीले संविधानको मस्यौदा समयमै आउने विश्वास व्यक्त गरेका छन् ।savashad adhikari
तोकिएकै समयमा संबिधान आउँछ त भनी सोधिएको प्रश्नमा सभासद् अधिकारीले संविधान जारी हुने मिति भने तलमाथि हुन पनि सक्ने संभावना रहेको बताए ।
दलहरुले माघ ८ गते भित्रैमा संविधान जारी गर्ने अठोट गरेको र त्यो अठोट पूरा गर्न सभासद्हरु लागिपरेको दाबी गर्दै मिति केही तल–माथि हुँदैमा केही फरक नपर्ने उनले बताए । संविधानसभाको आधिकारिक म्याद ४ वर्ष रहेको भन्दै सभासद् अधिकारीले संविधान जारी हुन केही ढिला हुन पनि सक्ने संभावना औंल्याए । संविधानको मस्यौदामा दफाबारे छलफल गर्ने क्रममा सबैलाई चित्त बुझाउन खोज्दा केही समय लाग्न सक्ने उनको भनाइ थियो ।
सभासद् अधिकारीले एकीकृत नेकपा माओवादी एकल पहिचानको संघीयता तथा राष्ट्रपति प्रत्यक्ष रुपमा चुनिने शासकीय स्वरुपबाट पछि हटेको दाबी गर्दै सबैको सहमतिमा संघीय गणतान्त्रिक संविधान निर्माण हुने दाबी गरे । कार्यक्रममा उपस्थित सहभागीहरुले संविधान निर्माणमा भइरहेका प्रगति, विवाद समाधानका लागि भएका प्रयास, अब बन्ने संविधानमा महिला, बालबालिकाहरुको अधिकारका विषयहरुको बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले समयमै संविधान निर्माण गरेर विकास निर्माणमा अग्रसर हुन सभासद अधिकारीलाई आग्रह गरे । उनीहरुले  निर्वाचन अघि गरेका बाचाहरु पूरा गर्न सभासद्को ध्यानाकर्षण गराए ।

,

news and entertainment