गुण्डागर्दीको आरोपमा पक्राउ भइ धरौटीमा छुटेका नेताको भयो यस्तो स्वागत
सुनसरी। सार्वजनिक अपराधमा पक्राउ परेका नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल धरौटिमा छुटे लगत्तै इटहरीमा कांग्रेस कार्यकर्ता र पौडेलका शुभचिन्तकले भव्य स्वागत गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच हजार धरौटि लिएर छोडे लगत्तै उनलाई कांग्रेसका नेता कार्यकर्ताहरुले अबिर माला लगाएर बजार घुमाएका थिए। इटहरीका रुपेश बजगाईलाई तीन बर्ष अघि कुटेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले पौडेललाई पक्राउ गरेका थिए।

इटहरीको पेरीस होटलमा पत्रकार सम्मेलन गरेका पौडेलले आफूसँग डिएसपी शर्माले व्यक्तिगत रिसिबी साध्न आफूलाई बदनाम गरेको बताए। पत्रकार सम्मेलनपछि कांग्रेस कार्यकर्ताहरुले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए। अपहरण तथा शरीर बन्धक मुद्धामा जिल्ला अदालत सुनसरीमा सात लाख १५ हजार धरौटि तिरेर छुटे लगत्तै पौडेललाई डिएसपी शर्माले बुधबार अदालत परिसरबाटै पक्राउ गरेका थिए। पौडेललाई इटहरीको पश्चिम लाईनदेखि हतकडि लगाएर सडकमा हिडाउदै लगिएको थियो।
धरौटिमा छुटेर आएका पौडेलले पनि आफूलाई पक्रेर लगेकै रुट प्रयोग गरि प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय नजिक नगरपालिका छेउमा कोणसभा गरी प्रहरीको ज्यादती विरुद्ध बोलेका थिए।
- See more at: http://www.hamrakura.com
