मान्छे भन्दा पनि लामो कपाल लिलामीमा !!

चीनको सन्जेन सहरकी ३८ वर्षीया सिआयोले आफ्नो दुई मिटर लामो कपाल लिलामीमा राखेकी छन् । गरिब विद्यार्थीलाई सहयोग गर्न पैसा जम्मा गर्ने उद्देश्यले उनले आफ्नो कपाल लिलामीमा राखेकी हुन् ।
ladies-hair-on-auction
अनलाइन लिलामीमा राखिएको उनको कपाललाई सबैभन्दा बढी १० हजार युआयन (करिब एक लाख ६० हजार ) तिर्न एकजना तयार भइसकेका छन् । चीनकै निङ्जिया क्षेत्रमा रहेको विद्यार्थीको अवस्था नराम्रो रहेको थाहा पाएपछि उनले तिनलाई सहयोग गर्न आफ्नो कपाल बेच्ने निर्णय गरेकी हुन् ।

नौ वर्षअघि नै पिँडुलासम्म आउने उनको कपाललाई एकजनाले २० हजार युआयनमा किन्न खोजेका थिए ।

उनले १५ वर्षअघि देखि मात्रै कपाल पाल्न सुरु गरेकी हुन् । हाइस्कुलमा केटीले पनि कपाल काट्नुपर्ने नियम थियो ।

सियोलोलार्य कपाल पखाल्न मात्रै एक घन्टाभन्दा बढी र कोर्न १० मिनेटभन्दा बढी समय लाग्छ । उनी भन्छिन् किनकि मेरो कपाल निकै लामो छ, कहिलेकाँही कपालमा टेकिँदा चुँडिन्छ ।

, ,

news and entertainment