एक ब्यक्तिको २ सय खर्वको सम्पति, निजी सुनको विमान, ७ हजार कार (फोटो फिचर)

ब्रुनाइका सुल्तान संसारकै सबैभन्दा धनी ब्यक्ति मध्ये एक मानिन्छन् । सुल्तान हसनल दुनियाँका सबैभन्दा शौखिन् ब्यक्ति पनि मानिन्छन् । सन् १९८० मा पहिलो पटक सुल्तान सबैभन्दा धनी ब्यक्तिकोरुपमा सूचीकृत भएका थिए । तर १९९० मा उनको यो टाइटल विल गेट्सको पोल्टामा गयो । सुल्तानको कुल सम्पती करिव २ हजार अर्व रुपैयाँ छ । सुल्तान सुनको प्लेन र कार चड्छन् । उनको ग्यारेजमा ७ हजार फरक फरक मोडलका कार छन् ।sultan life style 8

सन् १९४६ मा ब्रुनाइ टाउनमा जन्मेका सुल्तान मलेसियाको क्वालालम्पुरको भिक्टोरिया इन्स्टीच्युटमा हाइस्कुल सम्मको अध्यन गरेका थिए भने इङ्ग्ल्याण्डको रोयल मिलिट्री एकाडेमीमा उच्च शिक्षा हासिल गरेका थिए ।sultan life style
बोरोनियो टापुमा रहेको ब्रुनाइ सानो देश हो । तर यो देश अत्यन्तै धनी छ । यहाँको जनसंख्या केवल ४ लाख १५ हजार मात्र छ ।
सुल्तान अमेरिकाको लस एन्जेलिसस्थित हलिउड कलाकारको सेन्टर मानिने बेबर्ली हिल्स नाम होटलका मालिक समेत हुन् ।sultan life style 2
केही दिन अघि मात्र सुल्तानले ब्रुनाइमा चोरी गर्ने र समलिङ्गी सम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने वा शरीरको कुनै अंगभंग गर्ने कानून बनाएका छन् । यो कानून बनेपछी केही हलिउड कलाकारले उनको होटल बहिष्कार समेत गरेका थिए ।

सुल्तानका तीन पत्नी छन् र उनका बच्चा कतिछन् हिसाव छैन ।sultan life style 3

७ हजार कार
सुल्तान कारका शौखिन छन् । उनीसँग सुनले बनेको विमान मात्र होइन सुनले नै बनेका कार पनि छन् । उनीसँग दुनियाँका सबै चलेका ब्राण्डका कार छन् । फरारी वैगनाजेशंस, एस्टन मार्टिन र बेन्टले जस्ता विलाशी कार उनको ग्यारेजमा छन् । सुल्तानका ७ हजार कार मध्ये ६ सय त मर्सिडिज मात्र छन् ।

निजी बोइङ विमान
हाम्रो देशले एउटा बोइङ किन्न नसकेर अहिले सम्म कन कन गरिरहेको छ । तर सुल्तानको निजी बोइङ छ । २ सय ६१ जना अटाउने उनको जेट नियन्त्रणका लागि आफ्नै रिमोट कन्ट्रोल प्रणाली समेत छ ।
nepaliheadlines.com

, , ,

news and entertainment