आन्ध्र महासागरको पानीभित्रै २० जना जन्ती सहित विवाह सम्पन्न ( रोचक फोटो फिचर )

marriage
संसारमा अचम्मको कुरा सुन्न पाइन्छ र देख्न पाइन्छ |मानिसको शोख पनि बिचित्रको नै हुने गर्दछ |सुन्दा साच्चै नै अनौठो लाग्ने बिवाह भएको छ |बिवाह गर्ने पनि मानिसको अचम्मको शोख हुदोरहेछ | गोताखोरीका शौखिन अमेरिकी जोडिले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटिय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विहे गरेर नौलो कृतिमान कायम गरेका छन् |उनीहरुको यो कस्तो खालको रुचि हो यसमा भने केहि बुझ्न सकिएको छैन ।
mariage2
यसरी पानीभित्र बिहे गरेर किर्तिमान कायम गर्ने बेहुला बिल फ्रेनियरको उमेर ५२ वर्ष छ भने उनकी बेहुली लिजब्याथ फ्रेनियरको उमेर ३२ वर्ष छ ।१५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुली सँगै २० जना जन्ती समेत थिए । पानीभित्र ३० फुटको गहिराइमा विवाह कार्य सम्पन्न भएको थियो । जन्ती समेत पनि भित्र नै लगेर उनीहरुले बिवाह सम्पन्न गरि यतिबेला विश्वलाई नै चकित पारेका छन् |
marriage3
पानीभित्रै उनीहरुले एक अर्कालाई औठी समेत लगाईदिएका थिए |अनि पानीलाई नै साक्षी राखेर संगै बाच्ने कसम खाएका थिए |बिल र लिजब्याथ बीच सन् २००८ मा पहिलोपटक भेट भएको थियो । बिलले पछिल्लो २० वर्षदेखि गोताखोरको काम गर्दै आएका छन् । बिलसँग दोस्ती भएपछि लिजब्याथलाई पनि गोताखोरी काममा लगाव बसेको थियो ।यो अचम्मको बिवाह गरि नौलो रेकर्ड कायम गर्ने ति जोडीले किन यस्तो प्रकारले बिवाह गरेका होलान ?त्यो भने थाहा पाउन सकेको छैन तर एउटा आश्चर्यको बिवाह भने भएको छ |
www.nepaljapan.com

, , , ,

news and entertainment