एक वर्षमुनीका बालबालिकालाई खुवाउँदै आएको पोलियो थोपाले मात्रै रोग पूर्ण रुपमा नियन्त्रण नहुने निश्कर्ष निकाल्दै सरकारले अब सुई पनि दिने भएको छ । आगामी असोज २ देखि एक वर्षमुनीका बालबालिकालाई उक्त सुई दिन स्वास्थ्य मन्त्रालयले तयारी पुरा गरेको छ ।
बालस्वास्थ्य महाशाखाका प्रमुख डा.श्यामराज उप्रेतीका अनुसार यो खोप हालसम्मकै सर्वाधिक महंगो हो । एउटा खोपको न्युनतम मूल्य एक अमेरिकी डलर (करिब ९३ रुपैंयाँ) पर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट पोलियो सून्य राष्ट्रको प्रमाणपत्र पाए पनि जोखिम कायमै रहेको भन्दै सरकारले खोप दिन लागको हो । यो खोपले बालबालिकाको रोग प्रतिरोधात्मक शक्ति बढ्ने र रोगबाट मुक्त हुने अधिकारीहरुले बताए, अन्नपूर्ण पोष्टमा खबर छ ।
सरकारले उक्त खोप अहिलेसम्म नेपाली बालबालिकाले पाउँदै आएका अन्य रोगविरुद्धका खोपमध्ये ‘डीपीटी हेप बी हिब’ पछि सवैभन्दा महंगो, सुरक्षित र साइड इफेक्ट कम भएको दावी गरेको छ । डब्लुएचओको सिफारिसमा अमेरिका, बेलायत, क्यानाडा लगायतका मुलुकले मात्र लामो समयदेखि उक्त खोप प्रयोग गर्दै आएका छन् । नेपालसहित अन्य राष्ट्रले भने त्यो भन्दा सस्तो खुवाउने टीओभीपी दिदै आएका थिए ।
सुई र थोपा दुवैमार्फत यस्तो खोप दिनेमा विश्वका एक सय २४ राष्ट्र मध्ये नेपाल पहिलो हो ।
बालबालिकालाई पोलियोविरुद्ध महंगो सुई दिइने
news and entertainment
