स्मरणशक्ति बढाउन गाँजर र पालुंगो धेरै खाने



जनस्वास्थ्य सरोकार, आधुनिक जीवनशैलीले डिमेन्सिया जस्ता रोगको खतरा बढिरहेको पाइन्छ । पहिलापहिला यो समस्या बूढापाकाहरुमा मात्र देखिने गथ्र्यो तर अब ५० वर्ष अघिका मानिसमा पनि यसको लक्षण देखिन थालिसकेको छ ।
जर्मनीका वैज्ञानिकले हालै गरेको शोधमा गाँजर र पालकमा रहेको एन्टिअक्सिडेन्ट तत्वले स्मरणशक्ति दुरुस्त राखेर डिमेंसियाबाट बचाउन मद्दत गर्ने उल्लेख छ । स्मृति लोप र स्मृति भ्रमका लागि जिम्मेदार यो रोग बूढापाकालाई धेरै हुन्छ । यसले उनीहरुको एकाग्रतामा कमी आउँछ र स्मरणशक्ति कमजोर हुन लाग्छ । जर्मनीस्थित युनिभर्सिटी अफ उल्भका शोधकर्ताले अल्जाइमर्सका बिरामी र स्वस्थ मानिसमा अलग अलग अनुसन्धान गरे । ७० देखि ९५ वर्षबीच उमेरका मानिसको न्यूरो साइकोलोजिकल परीक्षण गरिएको थियो । शोधकर्ताले डिमेंशियाको शिकार मानिसमा एन्टीअक्सिडेन्ट भिटामिन सी र बीटा कैरोटिनको मात्रा कम भएको कुरा पत्ता लगाए । वैज्ञानिकको भनाइ छ—गाँजर र पालुंगोमा यी दुवै तत्व भरपुर मात्रामा पाइन्छ र यसको नियमित सेवनले व्यक्तिलाई डिर्मेसियाबाट बचाउँछ ।

,

news and entertainment