बिरामी महिलाको बलात्कारपछि हत्या


औषधोपचारपछि घर फर्किंदै गरेकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न भरतपोखरी–६,हुँडीकोटका २२ वर्षीय दुर्गे भन्ने यमबहादुर विकलाई पक्राउ गरेको छ ।

असोज १ गते गल्फुलको उपचारका लागि लेखनाथ आएकी भरतपोखरी ७ वनपालेकी ३३ वर्षीया विष्णुमाया भुजेलको हत्या भएको हो । बजार झरेकै दिनदेखि बेपत्ता उनको तीन दिनपछि गाउँकै चिलाउनेको चौतारामुनि शव भेटिएको थियो ।

हत्यापछि मृतककै मोबाइल फोन र सिम प्रयोग गर्दै आएका विकलाई प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार पृथ्वीचोकबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार भुजेलले श्रीमान्ले भारतबाट दशैं खर्च भनि पठाएको ८ हजार भारतीय रुपैयाँ स्थानीय एभरेष्ट बैंकबाट निकालेर उपचार गराएकी थिइन् । आजको कान्तिपुरमा समाचार छ ।

www.nepalsandesh.com

,

news and entertainment