सुजातालाई निलम्बन गर्न सिफरिस



संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित एकसय ८३ जनालाई कारबाहीको सिफारीस गरेको छ ।
जसमा केन्द्रीय सदस्य, सभासद, पुर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् । अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।
केन्द्रीय समितिले अनुमोदन गरेपछि छानबिन समितिको सिफारिस कार्यान्वयन हुनेछ । समितिले दोस्रो संविधानसभा चुनावमा भएको अन्तर्घातका विषयमा छानबिन गरेको थियो ।
छानबिन समितिले नेतृ कोइरालालाई बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाकालागि प्रतिबन्ध लगाएको छ । उनले मोरङ–१ का उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई असहयोग गरेकी थिइन् । आजको नयाँ पत्रिकामा समाचार छ
/www.nepalsandesh.com

, ,

news and entertainment