युवकका स्तन असामान्यरुपमा बढेपछि शास्ती (तस्विर सहित)


युवतीको स्तन बढ्नु त स्वभाविक हो । युवकको पनि स्तन वृद्धी हुँदै गयो भने कस्तो होला ।
यस्तो शास्ती खेपेका छन् बेलायतको ससेक्सका एक युवकले । १९ वर्षीय चार्ली एजग्रोथले आफ्ना स्तन असामान्यरुपमा वृद्धी हुँदै गएपछि पटक पटक शल्यक्रिया गर्नु पर्‍यो ।


चार्लीको १३ वर्षको उमेर देखि नै स्तनको आकार असामान्यरुपमा बढ्न थालेको थियो । उनका स्तनकै कारण विद्यालयमा पनि साथीभाइले निक्कै दुख दिए र उनले शास्ती खेप्नु पर्‍यो ।

उनलाई शरीरमा हर्मोन असन्तुलित हुने एक प्रकारको रोगले गर्दा यस्तो समस्या भएको हो ।

उनले शरीरको तौल घटाउँदा पनि स्तनको आकार भने घटेन । उनको स्तनकै कारण कुनै प्रेमिका पनि भएनन् ।
तर सन् २००३ मा उनले आफ्नो भोक्स वेगन कार बेचे र पोल्याण्डडमा शल्यक्रिया गर्ने निर्णय गरे । उनको स्तनबाट चिकित्सकहरुले २०० एमएलको तन्तु निकालिदिएपछि मात्र उनलाई अहिले सजिलो भएको छ ।


अव भने उनलाई प्रेमिका पाउने आशा बढेको छ ।
एजेन्सी ।
nepaliheadlines.com

,

news and entertainment