प्रचण्डलाई राजनितिक समितिको अध्यक्ष बनाए संबिधान माघ ८ मै आउँछः


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाउदा संबिधान लेखनले तिब्रता पाउने बताएका छन् ।

आइतबार राजधनीमा भएको साक्षात्कारमा थापाले दाहाललाई संयोजक बनाउँदा संविधान लेखनमा सकारात्मक प्रभाव पर्ने बताएका हुन् । नेता थापाले एकिकृत मओवादी संबिधानसभाको तेस्रो ठुलो दल भएकाले उसलाई राष्ट्रिय राजनीतिमा ठाउँ दिनुपर्ने बताएका छन् ।

यसैबीच,, एकीकृत माओवादीका नेता अग्नी प्रसाद सापकोटाले बहुमतको बलमा प्रक्रियामा गएर संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने बताए
nepaliheadlines.com

,

news and entertainment