पूर्व राष्ट्रपतिलाई ज्यान मार्ने धम्की



मालद्विपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई बेलायत भ्रमणको समयमा इस्लामी कट्टरपन्थीहरुले उनलाई मार्ने धम्की दिएका हुन् ।

उनलाई टेलिफोनमा धम्की दिइएको, त्यसपछि माल्दिभियन डेमोक्र्याटिक पार्टीको मुख्यालयमा आक्रमण गरिएको थियो ।  उनलाई सन् २०१२ को फेबु्रअरी महिनामा पदबाट हटाइएका उनले इस्लामी कट्टरपन्थीहरुको समर्थनमा सुरक्षाकर्मीहरुले बलपूर्वक पदमुक्त गराएको दाबी गरेका थिए । उनले गत साता कन्जरभेटिभ पार्टीको महासभामा भाग लिन जाँदा हत्याको चेतावनी प्राप्त गरेको बताइएको छ ।

पूर्व राष्ट्रपति नसिदले मालद्वीपमा कट्टरपन्थी विचारधारा तथा असंवेदनशीलता बढेको पटकपटक बताउनुभएको थियो । उनले हालका दिनमा इस्लामीहरुले यस प्रकारको अपराध गर्न अपराधी समूहलाई प्रयोग गर्ने गरेको पनि उल्लेख गरेका छन् ।

मालद्वीप मुगाको द्वीप तथा तटहरुको समूहका लागि पर्यटकका लागि आकर्षण बनेको छ । त्यहाका तीन लाख ३० हजार सुन्नी मुसलमान समूहमा हाल धामिर्क असहिष्णुपना देखिन थालिएको छ ।
nepaliheadlines.com

,

news and entertainment