ठमेलमा चरेस र युवती मिलाइदिने दलाल चोक चोकमा

 राजधानीको मुख्य पर्यटकिय क्षेत्र ठमेल आपराधिक घटनाका लागि हब बन्दै गएको छ । चोरी डकैती, गुन्डागर्दी, लागूऔषध कारोबार र यौन व्यवसाय जस्ता गतिविधि ठमेल क्षेत्रमा बढ्दैछन् ।
पछिल्ला ३ वर्ष सुधारिएको ठमेल फेरी पुरानै स्थितिमा फर्कन थालेको छ । पछिल्ला केही दिनमा ठमेलभित्र बीस मिटर आसपासमा दुइ रातमा ४ घटना भए ।
चोरले सटरको ताल्चा काटेर लकरमा राखेको पैसादेखि बियर, वाइन, चुरोट जस्ता सामान पनि लगे । ठमेलको लिली होटल, कुर्वाथाई रेस्टुरेन्ट, थकाली भान्सा घर र विकेज रेस्टुरेन्टमा बिहानी पख चोरी भएको छ ।
तिली होटलमा सीसीटीभी क्यामेरा जडान थियो । उक्त क्यामरामा कैद भएको दृश्य अनुसार होटलको काउन्टर भित्र प्रबेश गरेको ५ मिनेट भित्र चोरले काम तमाम पारेका छन् ।
त्यस्तै ठमेलमा चरेस र युवती मिलाइदिने दलाल चोक चोकमा भेटिन्छन् । व्यवसायीहरुलार्य पनि त्यहाँ धम्क्यायँदै रकम असुल्ने प्रबृत्ति पनि बढिरहेको छ । आजको कान्तिपुरमा समाचार छ ।

,

news and entertainment