सलमान खानकी नायिका साना खान ब्वाइफ्रेण्डसँगै पक्राउ


भारतीय नायिका साना खान र उनका ब्वाइफ्रेण्ड स्मेइल खानलाई मूम्बई प्रहरीले बुधवार प्रक्राउ गरेको छ। उनीहरुसँगै बिग बोस कार्यक्रममा सहभागी अन्य छ जना पनि पक्राउ परेका छन्। उनीहरुलाई महिलामाथि यौन हिंसा गरेको आरोप लागेको छ।  
 
स्मेइल खान विरुद्ध मुम्बई पुलिसमा निर्देशक सहिल खानलाई एक जिम क्लबमा आक्रमण गरेको उजुरी पनि परेको छ। आफ्नी प्रेमिकाका बारेमा गलत समाचार मिडिया दिएको भन्दै उनले खानमाथि आक्रमण गरेका थिए। 
 
नायिका खानले पछिल्लो समय सलमान खानको फिल्म जय हो मा अभिनय गरेकी थिइन्। उनले पचास जति हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् । 

, ,

news and entertainment