नरेन्द्र मोदीका झुटै-झुट



काठमाण्डौं देखि दिल्ली हुँदै जापानी सांस्कृतिक नगरी क्वोटो पुग्नवेलासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली संसदको लोकप्रिय भाषामा नेपाली मन जितेको पाल्सीकुरा अब छर्लंग भईसकेको छ । उनले चुनावी सभामा विहारले भारतलाई बुद्ध दिएको भनेका थिए, तर नेपालमा बुद्धको जन्मथलो नेपालभन्दै सार्वभौम सत्ता सम्पन्न देश भनेर सम्मान पाएकोमा सार्वभौम सत्यलाई पून महामहिम मोदीज्यूले सत्य हो भन्नु किन आवश्यकता पर्‍यो भनेर सोच्नुभन्दा नेपाली संसदको गडगडाहट ताली सुन्दा विश्व चकितै परेको थियो । मोदीको नेपाल सुत्र सहकार्य, सम्पर्क, संस्कृति र संविधान निमार्णमा सघाउनु थियो तर उनले पशुपति दर्शनबाट धेरै कुरा भनेका थिए, नभनेका कुराहरु

जापान भ्रमणमा भने जापानी बुद्धमार्गीलाई सांस्कृतिक सामिप्यता देखाउने लक्षेदार भाषणमा उनले बुद्धथली भनेर भारतलाई नै दोहोर्‍याए । नेपालमा बोल्दा मोहित भएका नेपालीहरु जापानमा भने भारत बुद्धको भूमि भन्दा अव हिस्सिएका छन् । त्यसैले कस्ले के भन्छ भन्दा पनि भनाईभित्रका सन्देश के हुँन् भनेर नसोच्दै माया, सम्मान र प्रेममा फुरुंग पर्ने नेपालीमन भने ज्यादै सहज र सरल छ । नेपालीमन ज्यादै सिधा छ त्यसैले त बाँगो भएपछि सोझिन ज्यादै गाह्रो पर्छ पनि ।

उदयमान भारतीय पूँजीपतिहरुलाई भरोसिलो सत्ता चाहिएको थियो भने श्रीमोदीको माउ संगठन राष्टिय स्वयम् सेवक संघ (आरयसयस) लाई दिर्घकालीन हिन्दु कट्टरतावादी शासन प्रणाली । त्यसको लागि धार्मिक र सांस्कृतिक आवेग भर्नु पर्ने थियो । बौद्धमार्गी जनमतको साहारा वेगर हुँन सक्दैनथ्यो । भारतमा अहिले देशलाई नै भारत भन्ने की ! हिन्दुस्तान भन्ने ! विवाद त्यसै जन्मिएको हैन् । हिन्दु जातिवादमा पिल्सिएको दलितवर्गले भिमराव अम्वेडकरको आव्हानमा सामूहिकरुपमै बुद्धमार्ग पछ्याउदाँ आरयसयसलाई कहिले ‘नवौ अवतार प्रभू बुद्ध रुपम् धारणम्’ भन्नु परेको छ भने कहिले बुद्ध जन्मथली भारत । त्यसैले मोदीको स्वभावलाई नजिकबाट नियालेका भारतीय वरिष्ट पत्रकार विनोद मेहताले १६ वर्षपछि परिवारसंग पुनरमिलन गराउन ल्याईएका जीत बहादुर सारु मगरको सन्र्दभमा प्रधानमन्त्रीले ‘झुट बोलेको’ भनेर सामाजिक संजालमा लेखे भने प्रख्यात समाजशास्त्री आशीष नन्दीले मोदी प्रधानमन्त्री हुँनुभन्दा धेरैपहिला उनलाई ‘एक फासिष्टका श्रेष्ट, एक ठेट नमूना’ भनेको कुरा अहिले सांस्कृतिक राष्ट्रवादको लोकप्रिय र आवेगात्मक रथयात्रा गरेर वौद्ध जनमतलाई पनि पक्षमा पार्ने उनको क्वोटोनगरी भ्रमणको लक्षेदार भाषणलाई चर्चित विद्धान आनन्द तेलपुडे स्मरण गर्दछन् । बुद्ध र बुद्ध धर्मसंग मोदीहरुको पृष्टभूमि मिल्दैन् आस्था र विश्वासमा पनि एकअर्कासंग बाझिएको छ । आरयसयससंग कुनै संबन्ध छ भने केवल बुद्धको नाम प्रयोग गरेर सांस्कृतिक आवेगलाई हित अनुकूल प्रयोग गर्नु मात्र । त्यसैले विभेदकारी जातीय अहंकार छिपाउन उनीहरुलाई ॐकार परिवार भन्न विवस भएका मात्र हुँन् ।

भारतीय पुजीँको आक्रमक उपस्थितिको राजनीतिक संरक्षण भनेको सांस्कृतिक उग्रतामै हुँन सक्ने हुँदा र आरयसयसका सर संघचालक गुरु गोलवाकरकै निर्देशित १९७२ को पथमा मोदीको यो महत्वकांक्षी सांस्कृतिक राष्ट्रवादी यात्रा हो । वौद्ध जनमतलाई प्रभाव क्षेत्रमा ल्याउन बुद्धलाई विष्णु अवतार भनेर प्रचारित गरिएपछि वौद्धिष्टहरुको प्रतिकारले त्यसलाई हटाईएको थियो र हिन्दु स्वयं सेवक संघको बदला राष्ट्रिय स्वयम सेवक संघ नाम हेगडेकरद्धारा राखिएको थियो । इतिहासलाई कुशल व्यबस्थापन गरेर बुद्ध जन्मथली भारत प्रचार गर्नुकोपछाडि भने बौद्ध धर्म प्रभावित देशलाई आफ्नो उच्च महत्वकाक्षाको हित अनुकूल प्रयोग गर्नु उनको उद्देश्य हो । त्यसकोलागी बालकृष्ण नायक मार्फत आरयसयस भूटान, नेपाल, श्रीलंका जापान आदी देशसंग सम्पर्क बनाईएको छ । त्यही अनुकूल श्रीमोदीको जापानको लक्षदार भाषणलाई क्वेटो विश्व विध्यालयका हिन्दी साहित्यका बयोबृद्ध प्रोफेसर लक्ष्मीधर मालवीय भन्छन्– जापानमा वाक्पटुलाई लबार झुटो र धोकेवाज मानिन्छ । यो देशमा बहस त टाढा, बोल्ने आवश्यकता पनि कमै पर्छ । व्यक्ति जुन ठाँउमा नियुक्त हुन्छ ऊ आफ्नो कर्तव्य पुरा गरिरहेको हुन्छ –(जनसत्ता ४ सितंबर २०१४) ।

जहिले पनि इतिहासको व्यबस्थापनले नै फासीवादको उर्जा बन्न सक्छ, इतिहासलाई हित अनुकूल ब्याख्या गरिन्छ । धार्मिक र जातिय उन्मादले मात्र अन्धराष्टवादी उन्माद भर्न सक्छ भन्ने कुरा जापानी, जर्मन र इटालियनहरुले अरुभन्दा ज्यादा अरुले न बुझेका छन् न पीडा सहेका छन् । जापानलाई बुद्ध भारत र नेपाल कहाँ जन्मिएका हुँन् भनेर मोदीले भनिरहँदा आफ्नै अध्ययन मात्रै हैन् स्वयम् उनले काठमाण्डौँ र जापानमा के बोल्दैछन् भनेर संचारको तिब्र यसयूगमा जापानीहरुले हेक्का नराख्ने कुरा पनि भएन । जापानलाई कस्ले फुर्काउँदै र भावनामा खेल्न खोज्दैछ भनेर नेपालीमन जस्तो उनीहरु फुरुंग पर्ने पनि हैनन् भने जातिय अहंकार बढ्दा तोजोले दोस्रो विश्वयुद्धमा दिएको उग्र उपनिवेशी घाउको खाटा वसे पनि उनीहरुको दाग अझै मेटिएको छैन् र संवाभित सास्कृतिक राष्ट्रवादको महत्वकाक्षा फासिवादमा फेरिन्छ भन्ने हेक्का नराख्ने पनि हैनन् । सास्कृतिक राष्ट्रवादी जमर्नी र इटलीको युद्ध साझेदार बन्दा हिरोसिमा र नागासाकीको पिडा जापानीहरुले भूलेका पनि छैनन् । उनीहरुलाई कसरी भारतीय विशाल बजारमा पाउ पसारेर डलर कुम्ल्याउनेभन्दा अन्य कुराको ध्याउन्नै छैन्, त्यो आर्थिक महाशक्तिलाई । संयुक्त राष्ट्र संघको स्थायी सदस्यको प्रतिस्प्रधा र ब्रिक आर्थिक मंचले दिएको चुनौती अमेरिकी सुरक्षा छातामा रहेको जापानले बुद्धथली भारतलाई भनेर खासै फरक पर्ने छैन्
 सन् १९८५ मा बन्दुक बोकेका मोदी
भारतीय धर्मनिरपेक्षतावादीहरुले मोदीको सांस्कृतिक राष्ट्रवादी मार्गचित्र र बुद्धलाई पनि आफ्नो बनाउनपछाडि हिन्दु अतिवादी फासीवादी अभ्यास देख्छन् । चुनावको मोदी विजयलाई एकातर्फ धनी र गरिव बिचको बढ्दो खाडलले विकल्प त खोज्दथे नै, बढदो वेरोजगारीले उनीहरु विकास निमार्ण चाहान्थे, महत्वकाक्षाले महाशक्ति बन्ने सपना त थियो नै । त्यसकोलागी दलित, मुस्लिम, अल्पसंख्यक आदीबासी प्रति घृणा जगाउनु पर्दथ्यो त्यसकोलागी आरयसयसलाई उग्र हिन्दुत्व त थियो नै बुद्धमार्गलाई पनि मिलाउनु र बुद्धथली प्रमाणित गर्नु पर्दथ्यो ।

विकासको सपना र आधुनिकतासंगै सांस्कृतिक आवेग मोदीरथका दुई पाँग्रा हुँन भने त्यसै रथमा चढेर तिब्र भारतीय महत्वकाक्षालाई मंजिलमा पु-याउन पुजी र विवेकको घालमेल गराएर फासीवादको अभ्यास उनको दिर्घकालीन लक्ष्य हो । भविष्यको सुनौलो सपना देखाँउदै अतितको सांस्कृतिक गौरवता यात्रा चाहन्छन मोदी । त्यसकोलागी इतिहासको व्यवस्थापन, अल्पसंख्यक प्रतिको घृणाबाट जगाउने उत्तेजना आवश्यक हुन्छ, त्यसैले जहाँ जान्छन त्यहीँ लोकप्रिय बन्नकालागी आफ्नै पूर्ववर्ती भनाई उनले काटनु पर्छ । बुद्धबारे काठमाण्डौ र जापानको भनाई पनि सांस्कृतिक राष्ट्रवादको फासीवादी मार्गचित्रको एउटा हिस्सा हो भन्ने हेक्का राख्न पर्ने हुन्छ ।

,

news and entertainment