तस्करीलाई छुटाउन गएका आफैं पक्राउ
उनीहाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । पछिलो एकदशकदेखि
उनले व्यवसयीक रुपले तस्करीको काम गर्दै आएको एसपी थपलियाको ठहर छ । बंकुल, मौलापुर, सन्तपुर दोस्तिया, लक्षमिनिया, कटहरियालगायतका प्रहरीलाई रकम दिएर रञ्जयले सिमावर्ती भारतीय बजार घोडाशहनबाट अवैधरुपमा कपडा भित्र्याइ जिल्लाको बजारहरुमा पुर्याउने काम गरेको थपलियाले बताएका छन् । त्यती मात्र नभइकन केही महिना अघिमात्र बंकुल प्रहरीचौकीको गस्तीटोलीले अबैध कपडा सहितको दुइवटा मोटरसाइकल बरामद गर्दा रञ्जयले सोनरनिया गाबिसका केही स्थानियलाई उचालेर बरामद सामान लुटेर भागेको प्रहरीमा रेकर्डसमेत रहेको उनले बताएका छन् । पछिल्लो समयमा एसपी थपलियाको कडा निर्देशनपछि जिल्लास्थित तस्करहरु हरेस खाएका छन् । दसैंको अवघिभित्र मात्रै प्रहरीको विभिन्न टोलीले एकथान ट्याक्टरसहित १०लाखभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
