दुर्घटनामा बाबुछोरीसहित तीनको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत बक्धुवा गाविस–८ महुलीमा आज अपराह्न टाटासुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहाको धनगढी–३ निवासी २८ वर्षीय प्रमोद ठाकुर र उनकी चार वर्षीया छोरी शुभेच्छा रहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी ठाकुरकी २५ वर्षीया श्रीमती सङ्गीता राई गम्भीर घाइते भएको र निजलाई उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१६प ३३५१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे१ज १६६७ नंको गाडीले अपराह्न करिब ३ बजेतिर ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
nepaliheadlines.com
