उत्तर र दक्षिण कोरियाबीच फेरि औपचारिक वार्ता सुरु
उत्तर कोरिया र दक्षिण कोरिया लामो समयदेखि अवरुद्ध द्विपक्षीय औपचारिक वार्ता सुरु गर्न सहमत भएका छन् । दक्षिण कोरियामा हालै सम्पन्न इन्छन एसियाडको सिलसिलामा उत्तर कोरियाका प्रतिनिधि दक्षिण कोरिया पुगी औपचारिक वार्ताका लागि प्रस्ताव गरेपछि दुई कोरियाबीच गत फेब्रुअरीदेखि स्थगित वार्ता हुन लागेको हो ।
उत्तर कोरियाको तर्फबाट किम जोग उनका नजिकका अधिकारी वांग प्योंगसहितको टोली दक्षिण पुगेर फेरि वार्ता गर्न सहमति गरेको हो ।
आगामी पाँच हप्ताभित्र औपचारिक वार्ताका लागि दुई देशका प्रतिनिधिले फेरि भेट्न सहमति जनाएका छन् । उत्तर कोरियाका शक्तिशाली नेता वांग प्योंग र दक्षिण कोरियाका एकीकरण मन्त्रीबीच शनिबार यसबारेमा प्रारम्भिक वार्ता भएपछि औपचारिक वार्ता गर्ने सहमति भएको हो ।
यो प्रारम्भिक वार्तामा के–कस्तो सहमति भयो भन्नेबारेमा भने दुबै पक्षले केही खुलाएका छैनन् । (एजेन्सी)
imagekhabar.com

