कोलकातालाई हराउँदै चेन्नई बन्यो च्याम्पियन्स लिग टी–२० च्याम्पियन

च्याम्पियन्स लिग ट्वेन्टी–२० क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । भारतको बैंगलोरमा गएराति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै महेन्द्रसिंह धोनीको चेन्नई दोस्रो पटक च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो ।


खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनायो । कप्तान गौतम गम्भीरले ५२ बलमा ८० तथा रबिन उथप्पाले ३२ बलमा ३९ रन बनाए । पवन नेगी एक्लैले २२ रन खर्चेर ५ विकेट लिए ।

जवाफमा चेन्नईले १८ ओभर ३ बलमा २ विकेट गुमाउँदै जित हासिल गर्‍यो । सुरेश रैनाले ८ छक्का र ६ चौकाको मद्दतले ६२ बलमा अविजित रहँदै एक सय ९ रन बनाउँदै टिमलाई जिताएका हुन् ।

रैना ‘म्यान अफ द सिरिज’ बनेका छन् । ‘म्यान अफ द फाइनल’ भने नेगी बने ।




imagekhabar.com

,

news and entertainment