लामो समयको प्रतिबन्धपछि लुइस सुवारेज मैदानमा

 विश्वकप फुटबलका बेला इटालियन खेलाडीलाई टोकेर चर्चामा आएका उरुग्वेका खेलाडी लुइस सुवारेजले लामो समयको प्रतिवन्धपछि पहिलो पटक आफ्नो देशबाट खेलेका छन् ।

गएराति सुवारेजले साउदी अरेबियाविरुद्ध राष्ट्रको जर्सी लगाएका हुन् । खेल १-१ को बराबरीमा सकिएको थियो । बार्सिलोनाका फरवार्ड २७ बर्षीय सुवारेज विश्वकपका बेला इटालियन खेलाडी चिलिनीलाई टोकेसंगै सुरुवातमा चार महिने र नौ अन्तर्राष्ट्रिय खेलको प्रतिवन्धमा परेका थिए ।
तर पछि उनको प्रतिबन्धमा केही खुकुलो पारिएको थियो । सुवारेजको प्रतिवन्ध आगामी अक्टुबर २५ तारिखमा बार्सिलोना र रियाल मड्रिडबीचको एल् क्लासिकोमा हुने स्पेनिश लिगको खेलबाटै सकिने छ ।
imagekhabar.com

,

news and entertainment