बुहारी हराएपछि चार जना प्रहरी नियन्त्रणमा



दसैँमा टीका लगाउन माइत गएकी बुहारी बेपत्ता भएपछि घरका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिलिङ–३ दाहालडाडाकी ३१ वर्षीया सीता दाहाल हिजो बिहान माइती जान घरबाट निस्केकामा माइती नपुगेको र अन्य आफन्तकामा पनि पुगेको नभेटिएपछि माइती पक्षको उजुरीको आधारमा आज सीताको लोग्ने कृष्णप्रसाद दाहालसहित परिवारका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेपत्ता सीताकी दाजु पोस्तकप्रसाद अधिकारीले दिएको निवेदनमा दाहाल परिवारमाथि शङ्का व्यक्त गर्दै उनीहरुको परिवारलाई पक्राउ गरी हराएकी बहिनीको खोजतलास गर्न निवेदन दर्ता गरिएका हुन् ।

घरबाट दसैँको टीका लगाउन माइती खड्गभञ्ज्याङ गाविस–५ माझगाउँ आउनुपर्ने सीता बाटैबाट बेपत्ता हुनु भएको परिवारको भनाइ रहेको छ भने माइती पक्षले घरबाटै बेपत्ता पारिएको आरोप लगाएका छन् ।
nepaliheadlines.com

,

news and entertainment