जिप दुर्घटना, ७ को अवस्था गंभीर

स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग१ज ५०१७ नम्बरको महेन्द्रा जिप बिहीबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिप पुतलीबजार नगरपालिका छहरी खोलाबाट स्याङ्जा सदरमुकामतर्फ आउँदै गर्दा पुतलीबजार नगरपालिका–८ स्थित डढेला भन्ने स्थानमा दुर्घटना भएको हो ।

गम्भीर सातजनालाई पोखरा पठाइएको छ भने अन्यको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ । रासस

, ,

news and entertainment