गाउँलेले प्रहरी चौकी जलाए

 गण्डक नहरको बाटो मर्मतको माग राखी आन्दोलीत बारा, सिम्रौनगढका स्थानीय र प्रहरीबीच शुक्रबार झडप भएको छ ।
घटनामा प्रहरीले ७ राउण्ड हवाई फायर गरेको छ । गाउँलेले पेट्रोलबम प्रहार गरी प्रहरीचौकी जलाएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए ।
स्थानीय श्यामेश्वर महतोका अनुसार दिउँसो १ बजे सुरु भएको विवादले साँझ उग्र रुप लिएको थियो । गाउँले चार दिनदेखि बाटो मर्मतलाई दबाब दिन आन्दोलनमा छन् । आजको नागरिकमा समाचार छ

news and entertainment