सम्पूर्ण रोगहरुको जड नै तनाब हो ,के तनाब बाट सधैं मुक्त रहन सकिन्छ ?



तनाव र योग

रीता कार्की, योग शिक्षिका

-    तनाव नै रोगको मूल कारण हो।

-    टाउको दुख्नु, आधा टाउको दुख्नु, केश झर्नु, केश फुल्नु, छाला चाउरिनु, अनुहारमा ओज-तेज नरहनु, शरीरमा ग्यासको समस्या देखा पर्नु, डायविटिज रोग हुनु, उच्च रक्तचाप, न्यून रक्तचाप एवं क्यान्सर आदि सबै रोगको मूल कारण नै तनाव हो।




-    घरकी नारी तनावमुक्त भए मात्र घरका अरू सदस्य स्वस्थ हुन सक्छन्।

-    तनाव कम गर्न वा हटाउन आहारको महत्वपूर्ण भूमिका हुन्छ।

-    मेरो स्वास्थ्य मेरो आहार भन्ने भावनाले सात्विक, पवित्र, शुद्ध एवं अहिंसक हुन आवश्यक छ।

-    बिहान खाली पेटमा पानी वा जुस, मध्यान्तरमा मोही तथा रातको खानापछि बेसारयुक्त दूध पिउनाले शरीर स्वस्थ रही तनाव कम हुन्छ।

-    आहार शुद्ध भए रगत शुद्ध हुन्छ, रगत शुद्ध भए शरीर शुद्ध हुन्छ, शरीर शुद्ध भए श्वास शुद्ध हुन्छ, श्वास शुद्ध भए बचन शुद्ध हुन्छ, बचन शुद्ध भएपछि मानिस तनावमुक्त रहन्छ।

-    तनाव हटाउन श्वासको ठूलो भूमिका हुन्छ अर्थात् हरपल श्वासमा ध्यान केन्दि्रत वा प्रणव ध्यान गर्नाले तनाव हट्छ।

-    तनाव कम गर्न अनुलोम-विलोम प्राणायाम कम्तीमा १५ मिनेट वा चन्द्रभेदी प्राणायाम गर्नु

लाभदायक हुन्छ।

-    तनाव कम गर्न आसनको माध्यमबाट शरीरभित्रका विजातीय तत्वहरू पसिनाका रूपमा बाहिर निकाल्न बिहान सूर्य नमस्कार ७ देखि ११ पटक गर्नुपर्छ।

-    तनाव कम गर्न शशकासन, बक्रासन, पर्वतासन, बुद्धपद्मासन, नटराजासन, शवासन आदि नियमित रूपमा गर्न सकिन्छ।

-    तनाव कम गर्न ज्ञान मुद्रा र साम्भवी मुद्रा पनि उत्तिकै प्रभावकारी छन्।

, ,

news and entertainment