५ मिनेटमा मोबाइल फुल चार्ज गर्ने चार्जर (तस्विर सहित)
स्मार्ट फोनको चार्ज सकिने समस्याले दिक्क हुनु हुन्छ ? अव पिर नगर्नुस् । अव ५ मिनेटमै मोवाइल फुलचार्ज गर्ने चार्जर आएको छ ।
प्रान्तो नामक प्रविधीले मोबाइल ५ मिनेटमै फुलचार्ज भैसक्ने दावी गरेको हो । प्रोन्तोको आविस्कार गरेको कम्पनीले यो ब्याट्रि चार्जर नभएर ब्याट्री प्याक भएको बताएको छ ।
Pronto ल्याटिन शब्द Promtus बाट आएको हो यसको अर्थ द्रुत भन्ने हुन्छ ।
प्रोन्तो आफैलाई चार्ज गर्न भने १ घण्टा लाग्छ । तर यो चार्ज भैसकेपछि यसले मोबाइलहरु भने ५ मिनेटमै चार्ज गरिदिन सक्ने छ ।
प्रोन्तोको बजार मूल्य ९९ डलर पर्ने बताइएको छ ।
